समाज


महाकाली नदीमा बढ्यो पानीको वहाव, महेन्द्रनगर जलमग्न (फोटो फिचर)

महाकाली नदीमा बढ्यो पानीको वहाव, महेन्द्रनगर जलमग्न (फोटो फिचर)

गोकुल जोशी
साउन २१, २०७६ मंगलबार ८:५८,

सोमबार रातिदेखि परेको पानीले महाकाली नदीमा पानीको वहाव बढेपछि शारदा ब्यारेजमा आवतजावतमा रोक लगाइएको छ।

नेपालको पश्चिमी सीमा नदी महाकालीमा पानीको वहाव बढी भएपछि नेपालतर्फ आइरहेका तथा भारततर्फ गइरहेका सवारीसाधन ठप्प रहेका छन्। पानीको वहाव बढी भएपछि शारदा ब्यारेज भएर ओहोरदोहोर गर्ने चारपांग्रे सवारीसाधन ठप्प भएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ।

mahendra nagar 1

प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार महाकाली नदीमा पानीको वहाव प्रतिसेकेन्ड १ लाख १३ हजार क्युसेक रहेको छ। यस्तै अविरल वर्षाले महेन्द्रनगरआसपासका क्षेत्र जलमग्न भएका छन्। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिकाका वडा नम्बर १८, पुष्पलाल चोक, वडा नं. ३ नौलाखेत लगायतका क्षेत्र डुबानमा परेका छन् भने तिलकेनीमा ८÷१० घरमा पानी पसेको छ। जनज्योति स्कुलछेउ खोल्साको पानी बस्तीतर्फ छिरेको छ।

mahendra nagar 2

शुक्लाफाँटा नगरपालिकाबाट पूर्वतर्फ भने पानीको प्रभाव नदेखिएको जनाइएको छ। पहाडी जिल्लाहरूमा निरन्तर पानी परिरहेकोले महाकाली लगायत अन्य नदीनालामा समेत पानी बढ्न सक्ने भएकाले स्थानीयहरुलाई सचेत र सुरक्षित रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

mahendra nagar 4

mahendra nagar 5

mahendra nagar 6

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad