ad ad

समाज


उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि स्काउटका ‘ट्राफिक स्वयंसेवक’ परिचालन

उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि स्काउटका ‘ट्राफिक स्वयंसेवक’ परिचालन

नेपालखबर
माघ १३, २०७७ मंगलबार ११:१,

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरूस्त तथा सहज बनाउने उद्देश्यका साथ ट्राफिक स्वयंसेवक परिचालन गरेको छ।

महाशाखा र नेपाल स्काउटको सहकार्यमा नेपाल स्काउटका १००जना स्काउटहरुलाई ट्राफिक स्वयंसेवक बनाइ आजदेखि काठमाडौँका विभिन्न १५ स्थानमा परिचालन गरिएको छ।

काठमाडौँ उपत्यकाको सवारी चाप हुने तथा बढी पैदलयात्रु भीडभाड हुने स्थानमा सहज र सुरक्षित गर्ने लक्ष्यसहित स्काउटका स्वयंसेवक परिचालन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए।

उनले सडक प्रयोगकर्ताहरु एक मिनेट मात्रै सवारी सञ्चालनमा सहज भयो भने पनि राहत महसुस गर्ने भन्दै स्काउटका स्वयंसेवकले त्यो वातावरण तयार पार्ने विश्वास व्यक्त गरे। जेब्राक्रसिङमा भएको दुर्घटनामा मानिसको ज्यान गएको विगतको घटना स्मरण गर्दै उनले उपत्यकाको चक्रपथ भित्रको बढि भीड हुने त्यस्ता क्षेत्रमा स्वयंसेवक परिचालन हुने जानकारी दिए।

नेपाल स्काउटका आयुक्त लोकबहादुर भण्डारीले स्वयंसेवकहरुले नागरिकलाई सहि तरिकाले सहि ठाउँबाट बाटो काट्न सिकाउने बताए।सडक दुर्घटना तथा विपतबाट बच्न तथा कुनैपनि संकटबाट बचाउन नागरिकलाई जनचेतना अभिवृद्धि गर्न नेपाल स्काउटले सधैँ सहकार्य गर्ने उनको भनाई छ।

स्वयंसेवकले जथाभावी बाटो काट्ने, फुटपाथको प्रयोग नगर्ने पैदल यात्रुहरुलाई सुरक्षित तरिकाले बाटो काट्न सहयोग गर्नुका साथै नियम पालना गर्न सन्देश प्रबाह गर्ने छन्। कुनै पनि सवारीले ट्राफिक नियम पालना नगरेमा वा जथाभावी फुटपाथ अतिक्रमण गरेको देखेमा नजिक ट्राफिक प्रहरीलाई जानकारी दिनेछन्।

ट्राफिक स्वयंसेवकको भुमिका निर्वाह गर्दा ट्राफिक प्रहरीको दैनिक अबस्था, सवारी साधन र पैदलयात्रु प्रतिको दृष्टिकोण जानकारीमा आउने हुँदा आम सडक प्रयोगकर्तालाई सचेतना दिलाउन महत्वपुर्ण भूमिका हुने एक स्वयंसेवकले जनाए।

कार्यक्रममा महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले कार्यक्रम माथि प्रकाश पार्दै स्वयंसेवकहरुले पैदल यात्रु तथा सवारी चालकहरुलाई ट्राफिक नियमसम्बन्धी जनचेतना फैलाउने भएकाले ट्राफिक व्यवस्थापनमा सहजता आउने बताए।

कार्यक्रममा महशाखाका उच्च अधिकारीहरूको समेत उपस्थिति रहेको थियो। स्वयंसेवकको उपयोगिता र सफलता हेरेर आगामी दिनमा परिचालन बढाउँदै लगिने महाशाखाको योजना रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .