देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै छ भने अहिले (मंगलबार बिहान) पूर्वी पहाडमा माैमस आंशिक बदली छ।
माैसम पूर्वानुमान महाशाखाका अनुसार तराईमा बाक्लो हुस्सु/कुहिरो लागेको छ भने देशका बाँकी भागमा मौसम सामान्यतय सफा छ।
महाशाखाले बिहान ६ बजे जारी गरेकाे आगामी तीन दिनको मौसम पूर्वानुमान यस्ताे छ-
माघ १३ गते (मंगलबार)
दिउँसो : देशका प्रदेश न. १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही उच्च पहाडी तथा हिमाली भूभागका १ वा २ स्थानमा हल्का हिमापातको सम्भावना छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
राती : प्रदेश न. १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
माघ १४ गते (बुधबार)
दिउँसो : प्रदेश न. १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न. १ को उच्च पहाडी तथा हिमाली भूभागका १ वा २ स्थानमा हल्का हिमापातको सम्भवना छ।
राती : प्रदेश न. १, बागमती प्रदेश, गण्डकी प्रदेशका भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
माघ १५ गते (बिहीबार)
दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न. १ को उच्च पहाडी तथा हिमाली भूभागका १ वा २ स्थानमा हल्का हिमापातको सम्भावना छ।
राती : प्रदेश न. १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना तथा तराईका भूभागमा बिहानीपख हुस्सु/कुहिरोसमेत लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

प्रतिक्रिया