नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार नाघेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हिजो (आइतबार) अपराह्नसम्मको तथ्यांकअनुसार कोरोना संक्रणका कारण मृत्यु हुनेको संख्या २ हजार १ पुगेको हो।
यीसमेत गरेर अहिलेसम्म नेपालमा २ लाख ६९ हजार ४५० जनलाई कोरोनाले संक्रमण गरिसकेको छ। तर संक्रमितमध्ये २ लाख ६४ हजार १३७ जना निको भइसकेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
3
Shares

प्रतिक्रिया