समाज


युवतीलाई बलात्कार गरी नग्न तस्बिर खिचेको आरोप : ट्राफिक प्रहरी जवानसहित दुईजना पक्राउ

युवतीलाई बलात्कार गरी नग्न तस्बिर खिचेको आरोप : ट्राफिक प्रहरी जवानसहित दुईजना पक्राउ

नेपालखबर
माघ १२, २०७७ सोमबार १:३०,

युवतीलाई जबर्जस्ती करणी गरेर नग्न तस्बिर खिचेको आरोपमा रुपन्देहीबाट एक ट्राफिक जवानसहित दुई जना पक्राउ परेका छन्।

तीन महिनाअघि रुपन्देहीको कञ्चन गाउँपालिका- ४ निवासी एक युवतीलाई सामूहिक बलात्कार गरेर नांगो तस्बिर खिचेको आरोपमा ट्राफिक प्रहरी जवान विशाल शर्मा र गुरुचरण चौधरी पक्राउ परेका हुन्।

उनीहरु दुबै कपिलवस्तुको बाणगंगा नगरपालिका निवासी भएका रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रवीण पोखरेलले जानकारी दिए।

शर्मा र चौधरीसहित चार जनाले गएको कात्तिक २३ गते राति कञ्चन गाउँपालिका- ४ भैसाहीमा दुईजना दिदी बहिनीसँगै बसेको बेला एक जनामाथि सामूहिक करणी गरेका र अर्कीको नग्न तस्बिर खिचेर सार्वजनिक गरेको आरोप लागेको छ।

घटनामा संलग्न अन्य दुईजना फरार रहेका छन्। उनीहरुको खोजी भइरहेको एसपी पोखरेलले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad