समाज


दाङमा देउरानीको कुटपिटबाट जेठानीको मृत्यु

दाङमा देउरानीको कुटपिटबाट जेठानीको मृत्यु

नेपालखबर
माघ ११, २०७७ आइतबार ६:४०,

दाङमा देउरानीको कुटपिटबाट जेठानीको मृत्यु भएको छ।

दाङको तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुर बस्ने ४४ वर्षीया भगवती बुढाथोकीको कुटपिटबाट सोही स्थानकी ४८ वर्षीया आइती बुढाथोकीको मृत्यु भएको हो। आइती र भगवती देउरानी जेठानी हुन्।

कुटपिटमा संलग्न भगवती बुढाथोकीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।

भगवतीले माघ २ गते बिहान कुटपिट गर्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी आइतीको भारतको लखनउमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो।

मृत्युको खबरलगत्तै प्रहरीले भगवतीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad