‘सिधा कुरा जनतासँग’ कार्यक्रमका सञ्चालक रवि लामिछानेले ५ वर्षदेखि आफू कार्यरत न्युज २४ टेलिभिजन छाडिसकेका छन्।
उनले टेलिभिजन छाड्ने दिन ‘सिधा कुरा जनतासँग’ काे अन्तिम शृंखलासँगै एउटा भिडिओ सन्देश पनि जारी गरेका छन्।
त्यसमा उनले आफूले पत्रकारिता पेसामा कहिल्यै कुनै गलत सम्झाैता नगरेको कसम खाएका छन् र आगामी दिनमा नगर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
निकै भावुक रूपमा प्रस्तुत भएका लामिछानेले टेलिभिजन छाड्नुपर्ने कारणचाहिँ बताएका छैनन्। साथै आगामी यात्राबारे पनि अलि पछि नै जानकारी गराउने बताएका छन्।
सुनाैँ उनकै शब्दमा :
यस्तै फेसबुकमा अर्काे पोस्टमार्फत उनले ५ वर्षसम्म काम गरेको संस्था छाड्नु पर्दा दुःख लागेको बताएका छन्।
अनि अन्तिम कार्यक्रम लाइभ गर्न नपाउँदा दुःख लागेको र सबैभन्दा दुःख अन्तिम कार्यक्रमको अन्तिम र मुख्य रिपोर्ट नै काटिएकोमा लागेको सञ्चारकर्मी लामिछानेले उल्लेख गरेका छन्।
‘अन्तिम रिपोर्टमा के थियो त जुन प्रसारण गरिएन’ भन्दै उनले त्यो सामग्री पनि पोस्ट गरेका छन्।
हेर्नुहाेस् :
याे पनि : सामाजिक सञ्जालमा स्टाटस लेख्दै रवि लामिछानेले छाडे न्युज २४ टेलिभिजन
प्रतिक्रिया