ad ad

समाज


बग्दादको व्यस्थ बजारमा दुई आत्मघाती बिस्फोट, कम्तिमा २८ जनाको मृत्यु

बग्दादको व्यस्थ बजारमा दुई आत्मघाती बिस्फोट, कम्तिमा २८ जनाको मृत्यु

नेपालखबर
माघ ८, २०७७ बिहिबार २३:३९,

इराकको राजधानी बग्दादको व्यस्थ बजारमा दुईवटा आत्मघाती बम विष्फोट भएको छ । बिस्फोटमा परि कम्तिमा २८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

बग्दादको ताइरन स्क्वाएरस्थित कपडा बिक्री गर्ने बजारमा बिस्फोट भएको हो। बिस्फोटमा परेर अन्य ७३ जना घाइते भएका स्थानीय अस्पतालका चिकित्सक तथा प्रहरी अधिकारीले पुष्टि गरेका छन्।

सो बजार महामारी नियन्त्रणका लागि झण्डै एक वर्षसम्म बन्द गरी हालै मात्र खोलिएको थियो । इराकी गृहमन्त्रालयको विज्ञप्तिमा प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै भनिएको छ, ‘पहिलो आत्मघाती आक्रमणकारी बिरामी भएको अभिनय गर्दै बजारमा आयो। उसलाई हेर्न मानिसहरू भेला भएको समयमा पहिलो बिस्फोट भएको थियो भने थप व्यक्ति त्यस ठाउँमा पुगेको बेला फेरि अर्को बिस्फोट भएको थियो।’

घटनापछि सो ठाउँमा पुगेका एएफपी फोटोग्राफरले जनाए अनुसार उक्त स्थानलाई तत्काल सुरक्षा बलले घेरा हालेको थियो । ‘टाढाबाट हेर्दा घटनास्थलमा रगतले भिजेका लुगाहरू धुलाम्मे सडकहरूमा फैलिएका देखिन्थे,’ उनले भने।

घटनास्थलमा तत्काल स्वास्थ्यकर्मीसमेत पुगी दुर्घटनाग्रस्त स्थलबाट घाइतेहरूलाई प्राथमिक उपचारपछि अस्पताल लान सघाएका थिए । बिहीबारको आक्रमण वग्दादमा सन् २०१८ को जनवरीपछि भएको सबैभन्दा रक्तपातपूर्ण घटना हो।

सन् २०१८ मा पनि सोही इलाकामा भएको यस्तै बिस्फोटमा ३० जनाको ज्यान गएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .