ad ad

समाज


भारतबाट आज १० लाख डोज कोरोना खोप काठमाडौं ल्याइँदै

भारतबाट आज १० लाख डोज कोरोना खोप काठमाडौं ल्याइँदै

नेपालखबर
माघ ८, २०७७ बिहिबार ३:२९,

भारतले अनुदानस्वरूप नेपाललाई दिने कोरोनाविरुद्ध खोपको १० लाख डोज आज (बिहीबार) काठमाडौं ल्याइँदै छ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार बिहीबार बिहान ११:३० बजे एयर इन्डियाको विमानबाट खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइपुर्‍याइनेछ।

खोपलाई विमानस्थलस्थित कार्गो भवनको कोल्ड स्टोरमा राखिनेछ र त्यसपछि टेकुस्थित केन्द्रीय स्टोरमा लगिनेछ।

खोप बढीमा पाँच दिनभित्र देशका सात प्रदेशमा पठाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

याे पनि :  भारतबाट आउने खोप यसरी लगाइनेछ देशैभर एकैसाथ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .