धनुषाको विदेह नगरपालिकामा मंगलबार राति डकैती भएको छ।
विदेह नगरपालिका ३ चिकनाका सगमलालको घरमा डेरा गरि बस्ने विजय साहको कोठामा लुटेरा समूहले लुटपाट गरेको हो।
लुटेरा समूहले २ लाख नगद, तीनतोला सुन र ४० तोला चाँदी गरि पाँच लाख रुपैयाँ भन्दा बढीको लुटपाट गरेको दुहबी प्रहरीचौकीले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
जनकपुर घर भएका साहले विदेह नगरपालिकाको तीनकौरिया बजारमा ज्वेलर्स सञ्चालन गर्दै आएका छन्।

प्रतिक्रिया