समाज


रुकुम पश्चिममा प्रचण्ड–नेपाल समूह र कांग्रेस कार्यकर्ताबीच झडप, प्रहरीद्वारा १७ राउन्ड हवाइ फायर

रुकुम पश्चिममा प्रचण्ड–नेपाल समूह र कांग्रेस कार्यकर्ताबीच झडप, प्रहरीद्वारा १७ राउन्ड हवाइ फायर

नेपालखबर
माघ ६, २०७७ मंगलबार १०:५५,

रुकुम पश्चिममा प्रचण्ड–नेपाल नेतृत्वको नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–९ राडी बजारमा मंगलबार बिहानैदेखि दुई पार्टीका कार्यकर्ताबीच झड्प भएको हो। झडप नियन्त्रणमा लिन प्रहरीले १७ राउन्ड हवाइ फायर गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख (डीएसपी) ध्रुवकुमार श्रेष्ठले स्थिति नियन्त्रणका लागि प्रहरीले केही सेल अश्रु ग्यास र १७ राउन्ड हवाइ फायर गरेको बताए।

डीएसपी श्रेष्ठका अनुसार दुवै पार्टीका कार्यकर्ताबीच सोमबार बेलुकी झड्प भएको थियो। सोमबार सहमति गरे पनि मंगलबार बिहानैदेखि पुनः झडप सुरु भएको थियो।

डीएसपी श्रेष्ठले झडप स्थल प्रहरीको नियन्त्रणमा रहेको र दुवै समूहलाई वार्ता गराउने प्रयास भइरहेको जानकारी दिए।

‘नेकपा र कांग्रेस कार्यकार्ताबीच झडप हुँदा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीका तर्फबाट केही सेल अश्रुग्यास र १७ राउन्ड हवाइ फायर गरिएको छ’, नेपालखबरसँग डीएसपी विष्टले भने, ‘अहिले झडप स्थल प्रहरीको नियन्त्रणमा रहे पनि जुनसुकै बेला पुनः झडप हुने अवस्था छ।’

उनले घटना स्थलमा जिल्ला प्रहरी कार्यालयको टोली र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको बताए।

उनले ५ बजेदेखि अनिश्चित कालका लागि निषेधाज्ञा जारी गरिएको बताए।

झडपमा ९ नम्बर वडाका वाडाध्यक्ष तारकबहादुर शाही र ३ प्रहरी गरि ४ जना घाइते भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad