समाज


उपत्यकामा फेरि घरभित्रै मृत भेटिए दम्पती

उपत्यकामा फेरि घरभित्रै मृत भेटिए दम्पती

नेपालखबर
माघ ६, २०७७ मंगलबार ६:१,

उपत्यकामा फेरि एक दम्पती घरभित्रै मृत भेटिएका छन्।

ललितपुरको महालक्ष्मी नगरपालिका–७, चाँगाथलीमा डेरा गरी बस्ने राजविराज घर भएका ३२ वर्षीय सागर पोखरेल र उनकी २२ वर्षीया श्रीमती निर्मला पोखरेल सोमबार मृत भेटिएका हुन्।

महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख (एसएसपी) किरण बज्राचार्यले दम्पती मृत भेटिएको र अहिले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको बताइन्।

उनले कोठाभित्र स्लफर नामको विषादीको बट्टासमेत फेला परेका कारण आत्महत्या गरेका हुनसक्ने भन्दै अनुसन्धान सोही दिशामा केन्द्रित गरेको बताइन्।

‘मृतक दम्पतीसँगै कोठामा स्लफर नामक विषादीको बट्टासमेत फेला परेको छ, अहिले अनुसन्धान यही दिशामा केन्द्रित छ’, नेपालखबरसँग एसएसपी बर्जाचार्यले भनिन्, ‘पोस्टमार्टमको रिपोट आएपछि मात्रै के हो भन्न सकिन्छ।’

गतवर्ष फागुनमा विवाह गरेका सागर र निर्मलाको शव बन्द कोठाभित्र भेटिएको हो। पोखरेल भेटेनरी सामानका सप्लायरको काम गर्दै आएको प्रहरीले जनाएको छ।

उनीहरुसँग बाबआमा पनि बस्दै आएको थिए। शुक्रबार उनीहरुका बाबाआमा आफ्न्तकोमा गएको मौका पारेर आइतबार राति विष सेवन गरेर आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ।

केही दिनअघि काठमाडौँको टोखामा पनि दम्पती घरभित्रै मृत भेटिएका थिए। उक्त घटनामा पत्नी सुदीक्षा गिरीले नै पति उमेश केसीको हत्या गरेर आत्महत्या गरेको प्रहरी अनुसन्धान बाट खुलेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad