भारतको गुजरातमा ट्रकले किच्दा मृत्यु हुनेको संख्या १५ पुगेको छ।
गुजरात प्रहरीका अनुसार गम्भीर घाइतेमध्ये थप २ जनाको मृत्यु भएपछि मृतककाे संख्या १५ पुगेको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार कोसम्बा भन्ने स्थानमा सडक छेउ फुटपाथमा सुतिरहेका २० मजदुरमाथि गुडिरहेको ट्रक चढेको हो।

ती मजदुर राजस्थानको बान्सावाडा जिल्लास्थित कुशलगढका बासिन्दा थिए।
ट्रकले किचेर १२ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर ८ घाइतेमध्ये ३ जनाको उपचारका क्रममा मृत्यु भएको हो। अन्य ६ जना गम्भीर घाइतेको उपचार जारी छ।

प्रहरीका अनुसार एउटा ट्याक्टरमा ठाेक्किएपछि अनियन्त्रित भएकाे ट्रक मजदुर सुतिरहेकाे फुटपाथमा चढेकाे थियाे।
यसअघि : भारतमा फुटपाथमा सुतिरहेका २० जनामाथि ट्रक गुड्यो, १३ जनाको मृत्यु

प्रतिक्रिया