समाज


पूर्वी क्षेत्रमा बंगलादेशको न्यून चापीय प्रणालीको प्रभाव कायमै, बिहीबार रातिसम्म हल्का वर्षाको सम्भावना

पूर्वी क्षेत्रमा बंगलादेशको न्यून चापीय प्रणालीको प्रभाव कायमै, बिहीबार रातिसम्म हल्का वर्षाको सम्भावना

नेपालखबर
माघ ६, २०७७ मंगलबार ०:५४,

देशको पूर्वी भूभागमा उत्तरी बंगलादेश र आसपास बनेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव अझै रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। 

महाशाखाले आज (मंगलबार) बिहान ६ बजे जनाएअनुसार अहिले प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ बाँकी भूभागमा मौसम सामान्यतया सफा छ। तराईमा भने हुस्सु/कुहिरो लागेकाे छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान यस्ताे छ- 

माघ६ गते (मंगलबार)

दिउँसो :  प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलि रहनेछ।  

राती :  प्रदेश नं १, प्रदेश नं २, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। 

माघ ७ गते (बुधबार)

दिउँसो : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती :देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ का पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

माघ ८ गते(बिहीबार)

दिउँसो : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १का पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। 

आगामी २४ घण्टाका लागि चेतावनी तथापरामर्श

देशका विभिन्न भूभागमा आकाशमा बादल लागेसँगै राम्रोसँग घाम नालाग्दा  दिउँसोको  तापक्रममा हल्का गिरावट आउनाका साथै तराईका केही भूभागमा बिहानको समयमा बाक्लो हुस्सु/कुहिरोसमेत लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad