समाज


कोरोनाविरुद्ध खोप ल्याउन ठोस पहल नगरेको भन्दै सरकारलाई डा. पाण्डेका ५ प्रश्न

कोरोनाविरुद्ध खोप ल्याउन ठोस पहल नगरेको भन्दै सरकारलाई डा. पाण्डेका ५ प्रश्न

नेपालखबर
माघ ५, २०७७ सोमबार २:८,

जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले कोरोना भाइरसविरुद्धको खोप ल्याउन सरकारले ठोस पहल नगरेको आरोप लगाएका छन्।
सबैजसो देशले खोपका लागि सम्झौता गरिसकेको उल्लेख गर्दै डा. पाण्डेले सरकारसमक्ष ५ प्रश्न गरेका हुन्। 
सामाजिक सञ्जालमार्फत उनले भनेका छन् :
नेपालमा कोरोना भाइरसविरुद्धको खोप ल्याउने विषयमा ठोस पहल अझै सुरु भएको छैन, ठोस पहल हुनाका लागि- 
१. हामीले कुन देशमा उत्पादन भएको कुन-कुन कम्पनीका खोप किन्ने?
२. ती देश वा कम्पनीसँग प्रि-बुकिङ कहिले गर्ने?
३. कुन-कुन कम्पनीका खोप कुन-कुन महिनामा आउँछन्?
४. हामीलाई चाहिने डोजको पैसा तिरेर एग्रिमेन्ट गरेको खै?
५. निजी क्षेत्रलाई केही प्रतिशत अधिकार दिने हो भने कुन-कुन मापदण्ड भएका संस्थालाई कुन-कुन खोप ल्याउन कहिले भन्ने?
सबैजसो देशले खोप प्रि-बुकिङ गरेर तथा टोकन लिएर लाइनमा ग्यालेन राखेर बसेका छन्, हाम्रो ग्यालेन समयमै राखे पो पालो छिटो आउँछ। 
खोप छिटो ल्याउन दबाब दिनु हामी सबै नागरिकको प्राथमिक कर्तव्य हाे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad