हाल देशको पूर्वी क्षेत्रमा उत्तरी बंगलादेश र आसपास बनेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
महाशाखाका अनुसार अहिले (आइतबार राति) प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा माैसम आंशिक बदली छ।
महाशाखाले अघि साँझ ६ बजे जारी गरेकाे आगामी तीन दिनको मौसम पूर्वानुमान यस्ताे छ-
माघ ४ गते (आइतबार)
राती : देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
माघ ५ गते (सोमबार)
दिउँसो : देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
राती : देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
माघ ६ गते (मंगलबार)
दिउँसो : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
राती : प्रदेश नं १, प्रदेश नं २, बागमती र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथापरामर्श
देशका विभिन्न भूभागमा तापक्रममा हल्का गिरावट आउनाका साथै तराईका धेरै भूभागमा बिहानको समयमा बाक्लो हुस्सु/कुहिरोसमेत लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

प्रतिक्रिया