समाज


१० महिनापछि आजदेखि खुल्दैछन् काठमाडौं उपत्यकाका विद्यालय

१० महिनापछि आजदेखि खुल्दैछन् काठमाडौं उपत्यकाका विद्यालय

नेपालखबर
माघ ४, २०७७ आइतबार २:३०,

काठमाडौं उपत्यकाका विद्यालय १० महिनापछि आजदेखि खुल्दैछन्। स्थानीय तहले विद्यालय खोल्न अनुमति दिएपछि आजबाट उपत्यकाका सबैजसो विद्यालय खुल्न लागेका हुन्।

कोरोना संक्रमणको जोखिम बढेपछि गत वर्ष चैतको पहिलो सातादेखि देशैभरीका विद्यालय बन्द भएका थिए। काठमाडौं उपत्यका बाहिरका प्रायः सबै विद्यालय यसअघि नै सञ्चालनमा आएका भएपनि राजधानीका विद्यालय भने अझै पूर्णरुपमा सञ्चालनमा आएका थिएनन्।

केही विद्यालयले भने असोजदेखि नै कक्षा सञ्चानल गरेका थिए। धेरैजसो विद्यालय भने अझै बन्द थिए। अनलाइन कक्षा सञ्चालन गर्दै गर्दै आएका विद्यालय पनि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर आजदेखि प्रत्यक्ष रुपमा सञ्चालनमा आउन लागेका काठमाडौं महानगरपालिकाले जनाएको छ।

कतिपय विद्यालयले कक्षामा भौतिक दुरी कायम गरी आधा विद्यार्थी राखेर पढाउने तयारी गरेका छन्। काठमाडौं उपत्यकाका स्थानीय तहले पठनपाठनका क्रममा शिक्षक र विद्यार्थीलाई अनिवार्य रुपमा मास्क लगाउन निर्देशन दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad