सुलावेसी टापुमा भूकम्प गएको बताइएको छ। भवनहरुले मानिसलाई पुर्दा सयौं घाइते भएका छन् भने दर्जनौं संख्यामा मानिसहरु पुरिएका छन्।
हाल उद्धार कार्य जारी राखिएको छ भने मृतकको संख्या बढ्नसक्ने बीबीसीले बताएको छ।
अधिकारीहरुका अनुसार शुक्रबार बिहानै सानो भूकम्प आएको थियो। त्यस लगत्तै ६.२ म्याग्निट्युडको भूकम्प गएको थियो। उक्त शक्तिशाली भूकम्प १० सेकेन्डसम्म आएको बताइएको छ।
विनाशकारी भूकम्प र सुनामीका कारण इन्डोनेशिया अत्यन्तै प्रभावित हुने गरेको छ। सन् २०१८ मा सुलावेसीमै भूकम्पका कारण २ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो।

प्रतिक्रिया