समाज


आजदेखि सुरु हुँदैछ थानकोट-नागढुंगा-सिस्नेखोला सुरुङमार्गको काम, २२ अर्ब लागत अनुमान

आजदेखि सुरु हुँदैछ थानकोट-नागढुंगा-सिस्नेखोला सुरुङमार्गको काम, २२ अर्ब लागत अनुमान

नेपालखबर
माघ २, २०७७ शुक्रबार २:२३,

थानकोट-नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको काठमाडौं तर्फको काम आजबाट सुरु हुँदै छ। धादिङतर्फ भने गएको पुस ८ गतेदेखि नै काम भइरहेको छ।

शुक्रबारदेखि काठमाडौँतर्फबाट पनि काम सुरु गर्न लागिएको सुरुङमार्ग निर्माणको जिम्मा पाएको निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनले जनाएको छ। यो सुरुङ मार्गको कुल लम्बाइ २.७ किलोमिटर छ। जसमध्ये एक किलोमिटर चालू आर्थिक वर्षमा निर्माण गर्ने लक्ष्य छ।

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यका अनुसार सुरुङ मार्ग निर्माणको लागि बिहीबार विशेष पूजाआजा गरिएको छ। ‘आजदेखि काठमाडौँतर्फबाट सुरुङ खन्न सुरु हुनेछ। पहिलो दिन सुरुङको मुखमा स्टिलको ढोका राखेर काम अघि बढाउने तयारी छ,’ शाक्यले भने।

धादिङतर्फको (सिस्नेखोलामा) सुरुङ खन्ने काम भने पुस ८ गतेदेखि नै सुरु भइसकेको छ। हाल धादिङ तर्फ २३ मिटर सुरुङ तयार भइसकेको छ। सुरुङको काठमाडौं तर्फको मुख चन्द्रागिरि नगरपालिकाको टुटीपाखामा पर्छ भने धादिङतर्फको मुख धुनीबेँसी नगरपालिकाको सिस्नेखोलामा पर्छ।

निर्माण कम्पनीले २४ घण्टाकै तालिका बनाएर दुई ‘सिफ्ट’ मा काम गर्ने तयारी गरेको छ। आयोजनामा जापानी प्राविधिकसहित दैनिक झण्डै तीन सय कामदार खटिनेछन्।

सुरुङको प्रत्येक ३७५ मिटरको दूरीमा ‘स्केप टनेल’ले मुख्य सुरुङमार्गलाई जोड्ने छ भने मुख्य सुरुङमार्ग र स्केप टनेलबीचको दूरी ३० मिटरको हुने शाक्यले जानकारी दिए।

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले ४ कात्तिक २०७६ मा गरेका थिए। सुरुङमार्ग निर्माणमा जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १६ अर्ब रुपैयाँ सहुलियत ऋण सहयोग गरेको छ। सुरुङ मार्ग निर्माणमा २२ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad