समाज


भारतमा कोरोना संक्रमितको संख्या एक करोड पाँच लाखभन्दा बढी

भारतमा कोरोना संक्रमितको संख्या एक करोड पाँच लाखभन्दा बढी

नेपालखबर
माघ १, २०७७ बिहिबार ९:१९,

गएको २४ घण्टाको अवधिमा भारतमा १६ हजार ९४६ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड पाँच लाख १२ हजार ९३ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

गएको २४ घण्टामा भारतमा कोरोना सङ्क्रमणको कारण १९८ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ५१ हजार ७२७ जना पुगेको छ।

मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड एक लाख ४६ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ। हाल भारतमा दुई लाख १३ हजार ६०३ सक्रिय सङ्क्रमित रहेका छन्।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा बुधबार ३५७ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र ११ जनाको मृत्यु भएको छ।

भारतीय सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिदै आएको छ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबारसम्म देशभर १८ करोड ४२ लाख ३२ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ। हिजो बुधबार मात्र एकै दिनमा आठ लाख ४३ हजार १९१ जनाको कोभिड–१९ परीक्षण गरेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad