समाज


वरिष्ठ कृषि विकास अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

वरिष्ठ कृषि विकास अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
पुस २९, २०७७ बुधबार ११:२८,

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (तरकारी जोन) चितवनका तत्कालीन कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सोमनाथ घिमिरेसमेत तीन जना उपर भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा उनीहरु उपर बिगो रु चार लाख १२ हजार ४७४ रुपैयाँ ३७ पैसा कायम गरी गैरकानूनी लाभ तथा हानी सम्बन्धी आरोप–पत्र दायर गरेको हो।

कार्यालय प्रमुख सोमनाथ घिमिरे र जोन सञ्चालक समितिका अध्यक्ष बालिका कुमारी गिरीसमेतले कतिपय योजनामा विल पेश गरेर मात्रै कामै नगरी किर्ते गरी रकम हिनामिना गरेको, साथै पदको दुरुपयोग गरी आफ्नै लगानी रहेको नारायणी एग्रो कम्पनीलाई अधिकांश योजना वितरण गरी हिनामिना गरेको र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई, तरकारी जोन, पार्वतीपुर, चितवनबाट प्राविधिक शिक्षालयका नाममा प्राप्‍त हुने रकम लक्ष्मी माध्यमिक विद्यालय, जगतपुर, चितवनको खातामा जानुपर्ने व्यवस्था रहेकोमा सो नगरी सिधै नारायणी एग्रो कम्पनीको नाममा भुक्तानी दिई भ्रष्‍टाचार गरेको अख्तियारले जनाएको छ।

साथै नारायणी एग्रो कम्पनी, जगतपुर चितवनका संस्थापक सदस्य गोपीनाथ भुसालले उक्त परियोजनाको प्राविधिक शिक्षालयको नाममा प्राप्त हुने रकम विद्यालयका प्रधानाध्यापक नभएको समयमा निमित्त प्रधानाध्यापकलाई दवाव दिई आफ्नै सेयर रहेको नारायणी एग्रो कम्पनीको नाममा निकासा गराई सो रकमबाट सम्झौताबमोजिमको पूर्ण काम नै झुठा विल भरपाई पेश गरी भुक्तानीसमेत लिई आफूलाई गैरकानूनी लाभ लिन मतियारको कार्य गरेको अख्तियारको ठहर छ।

अख्तियारले बुधबार वरिष्ठ कृषि विकास अधिकृत सोमनाथ घिमिरे, जोन सञ्चालक समितिका अध्यक्ष बालिका कुमारी गिरी र नारायणी एग्रो कम्पनीका संस्थापक सदस्य गोपीनाथ भुसाल तीनै जनाविरुद्ध बिगो रु चार लाख १२ हजार ४७४ रुपैयाँ ३७ पैसा कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad