ad ad

समाज


पितृप्रसाद खाँदा एकै गाउँमा १८ बिरामी

पितृप्रसाद खाँदा एकै गाउँमा १८ बिरामी

नेपालखबर
साउन १९, २०७६ आइतबार १४:५६,

दूधौली नगरपालिका–६ हर्षाही माझखर्कमा पितृप्रसाद खाँदा १८ जना बिरामी परेका छन्। स्व देवनारायण दाहालको मासिक शनिबार गरिएको थियो। स्थानीय डम्बरकुमारी दाहालको घरमा शनिबार पितृप्रसाद खाएकामा आज बिहानैदेखि बिरामी पर्न थालेका दूधौली नगरपालिकाका प्रमुख घनश्याम राउतले बताए।

स्थानीयवासीलाई बिहानदेखि टाउको दुख्ने र बान्ता तथा झाडापखाला लागेको उनको भनाइ छ। एकै गाउँमा १८ जना बिरामी परेपछि अहिले दूधौली स्वास्थ्यचौकी, सिर्थौली प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीको टोलीले उपचार गरीरहेका उनले जानकारी दिए।

बिरामी परेकाको त्यहाँ उपचार हुन नसकेमा तत्काल अन्यन्त्र उपचार गर्न लैजान दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखीएको उनले बताए। सबैको नगरपालिकाको सहयोगमा आवश्यक उपचार भइरहेको छ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .