ad ad

कारोबार


सिटी एक्सप्रेसद्वारा क्यान्सर पीडितलाई आर्थिक सहयोग

सिटी एक्सप्रेसद्वारा क्यान्सर पीडितलाई आर्थिक सहयोग

नेपालखबर
साउन १९, २०७६ आइतबार १४:४६,

इराक स्थित सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रतिनिधि विनोद श्रेष्ठ, कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानी र हिमालयन शेर्पा युनिक ग्रुपको संयुक्त पहलमा स्तन क्यान्सर पीडितलाई आर्थिक सहयोग गरिएको छ।

स्तन क्यान्सर पीडित भोटेकोशी गाउँपालिका–५ निवासी पेम्बा डोल्मा शेर्पालाई संकलित एक लाख ९६ हजार नौ सय ६४ तथा इराक सुलेमानीयाबाट सिटी एक्सप्रेसको आधिकारीक एजेन्ट अल ताईफ मार्पmत प्राप्त थप रु १३ हजार ३६ रुपैयाँ गरी सिटी एक्सप्रेस मनी ट्रान्सफर काठमाडौंबाट एकमुष्ट कुल रकम रु दुई लाख १० हजार रकम सहयोग गरिएको हो।

सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले उपचारको लागि क्यान्सर पीडित ४८ वर्षीया पेम्बा डोल्मा शेर्पालाई सो रकम हस्तान्तरण गरे। विगत २ वर्षदेखि सिटी एक्सप्रेस मनि ट्रान्सफरले इराक स्थित अल ताईफ इस्लामिक बैंकसँग विप्रेषण सहकार्य गर्दै आईरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .