समाज


धरानमा एटीएम तोडफोड प्रयास गर्ने व्यक्ति पक्राउ

धरानमा एटीएम तोडफोड प्रयास गर्ने व्यक्ति पक्राउ

नेपालखबर
पुस २८, २०७७ मंगलबार १०:११,

सुनसरीको धरानमा एटीएम तोडफोड प्रयास गरेका एक व्यक्ति पक्राउ परेका छन्।

धरान उपमहानगरपालिका १२ स्थित एनआईसी एशिया बैंकको एटीएम बुथ तोडफोड गर्ने प्रयास गरेको आरोपमा कोशी गाउँपालिका–३ का २३ वर्षीय सुभान मनसुरीलाई प्रहरीले पक्राउ गरेको हो।

सोमबार साँझ एटीएम बुथ तोडफोड गर्ने प्रयास गरेको भन्ने बैंकले प्रहरीलाई जानकारी गराएको थियो।

सीसीटीभी फुटेज संकलन गरी खोजी गर्ने क्रममा सुभानलाई धरान उपमहानगरपालिका १८ घोपाबाट प्रहरीले पक्राउ गरेको जनाएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .