आज (मंगलबार) काठमाडौं उपत्यकासहित एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमध्ये एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको हो।
‘सम्भावित स्थानमा काठमाडौं उपत्यका पनि पर्छ,’ मंगलबार बिहान नेपालखबरसँग उनले भनिन्, ‘उल्लिखित प्रदेशभरमा एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना भनिएको हो।’
उनका अनुसार नेपालमा अहिले उल्लेखनीय मौसमी प्रणाली छैन। अहिलेको मौसम बदली स्थानीय वायुको प्रभावले भएको हो।
‘आज साँझतिर पश्चिमी वायुको प्रभाव सुरु हुने संकेत पाइएको छ,’ मौसमविद् मानन्धरले भनिन्, ‘त्यस्तो सम्भावना भयो भने हामी भरेतिर अपडेट जानकारी गराउने नै छौं।’
यस्ताे छ मंगलबार बिहान ६ बजेसम्मकाे माैसमी अनुमान : मौसम पूर्वानुमान महाशाखा
पुस २८ गते (मंगलबार)
दिउँसो : प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ। साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ र तराईका भूभागमा बाक्लो हुस्सु/कुहिरोको सम्भावना छ। देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
राति : प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
पुस २९ गते (बुधबार)
दिउँसो : प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईका भूभागमा आंशिक बदली रहनेछ। साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
राति : प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने सुदूरपश्चिम प्रदेशको तराईका भूभागमा आंशिक बदली रहनुका साथै देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
माघ १ गते (बिहीबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
रातिः देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

प्रतिक्रिया