समाज


कोरोना संक्रमितको हुम्लाबाट हेलिकप्टरमार्फत उद्धार

कोरोना संक्रमितको हुम्लाबाट हेलिकप्टरमार्फत उद्धार

नेपालखबर
पुस २७, २०७७ सोमबार १३:१०,

हुम्लाको सिटिजन बैंक शाखा कार्यालय सिमकोटमा कार्यरत एक जना कोरोना संक्रमितको आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

बैंकमा कार्यरत पाँच कर्मचारीलाई एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा दुईमा कोरोना देखिएपछि एकको अवस्था जटिल भएको जिल्ला बाहिर हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला अस्पताल हुम्लाका ल्याब असिस्टेण्ट बलिराज भण्डारीले जानकारी दिए।

काठमाडौंमा रहेको स्टार अस्पतालबाट दुई जना डाक्टरको टोली हुम्ला पुगेर संक्रमित पुरुषको उद्धार गरिएको हो। कोरोना संक्रमितको स्वासप्रश्वासमा समस्या भएपछि जिल्ला अस्पताल हुम्लाले काठमाडौं रेफर गर्नुका साथै हुम्लाबाट हेलिकप्टरमा काठमाडौं लगिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका निमित्त कार्यलय प्रमुख सरिता बोहराले जानकारी दिए।

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि दुई दिन सिटिजन्स बैंक शाखा कार्यालय सिमकोट सिल गर्नुका साथै कारोवार ठप्प भएको बैंकले जानकारी दिएको छ। अर्का कोरोना संक्रमित महिलाको अवस्था सामान्य रहेकाले जिल्लामै स्वास्थ्यकर्मीको निगरानीमा रहेको बताइएको छ।

४८८ जनामा संक्रमण पुष्टि
पछिल्लो २४ घन्टामा नेपालमा ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पाँच हजार ३०९ नमूना परीक्षण गर्दा २९६ पुरुष र १९२ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संत्रलमितमध्ये १२९ महिला र १५८ पुरुष गरी ३१४ जना काठमाडौं उपत्यकाका छन्। हालसम्म दुई लाख ६५ हजार २६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बितेको २४ घण्टामा ५२७ जना कोरोनामुक्त भएका छन्। हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ५८ हजार ९६८ पुगेको छ। यससँगै कोरोना संक्रमणमुक्त हुनेको दर ९७।६ प्रतिशत पुगेको छ। चार हजार ३७३ जना संक्रमित आइसोलेशनमा छन्। आज १० जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ। नेपालमा हालसम्म कोरोनाबाट एक हजार ९२७ जनाले ज्यान गुमाएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .