समाज


माणिकरत्न शाक्य सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा निर्वाचित

 माणिकरत्न शाक्य सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा निर्वाचित

नेपालखबर
पुस २७, २०७७ सोमबार ३:२९,

नेपाल सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा पुनः माणिकरत्न शाक्य निर्वाचित भएका छन्।

आइतबार सम्पन्न महासंघको आठौँ वार्षिक साधारणसभा एवं तेस्रो महाधिवेशनबाट शाक्य पुनः अध्यक्षमा निर्वाचित भएका हुन्।

त्यसैगरी संघको वरिष्ठ उपाध्यक्षमा अर्जुन रसाइली निर्वाचित भएका छन् भने उपाध्यक्षहरुमा क्रमशः मोहनकाजी शाक्य, दियेशरत्न शाक्य र विपिन रामुदामु निर्वाचित भएका छन्।

संघको एसोसिएट्स उपाध्यक्षमा पवन सोमानी, महासचिवमा धर्मसुन्दर बज्राचार्य, कोषाध्यक्षमा सुदीप श्रेष्ठ, सचिवमा किरणभाइ बज्राचार्य र बाबुराम विश्वकर्मा निर्वाचित भएका छन्। संघको प्रवक्तामा मनोजकुमार शाह तथा सहकोषध्यक्षमा पद्मसुन्दर शाक्य चयन भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .