समाज


भायानेटको संयन्त्रमा अनधिकृत पहुँच राख्ने व्यक्ति पक्राउ

भायानेटको संयन्त्रमा अनधिकृत पहुँच राख्ने व्यक्ति पक्राउ

नेपालखबर
पुस २६, २०७७ आइतबार ११:१६,

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन प्रालिका ग्राहकहरूको तथ्यांकमा अनधिकृत रुपमा पहुँच पुर्याई फेसबुक, इन्स्टाग्राम, ट्वीटर लगायतका सामाजिक संजालमा स्क्रीप्ट सार्वजनिक गर्ने एक व्यक्ति पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ बस्ने वर्ष १७/१८ का युवक परिवर्तित नाम ‘नरपिचास’ लाई पक्राउ गरेको जनाएको छ।

ती युवकले भायनेटको विद्युतीय संयन्त्रमा अनधिकृत रुपमा पहुँच राखी ‘डाटा ब्रेक’ गरी ‘नरपिचास’ नामको ट्वीटर ह्याण्डल लगायत फेसबुक, इन्स्टाग्राम समेतको माध्यमबाट स्क्रीप्ट सार्वजनिक गरेको ब्यूरोले जनाएको छ।

उनको सो कार्य विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को परिच्छेद–९ बमोजिमको कसुर भएको हुँदा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमती लिई जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा ईलाका प्रहरी कार्यालय, बुटवल समेतको सहयोगमा व्यूरोबाट खटिएको टोलीले बुटवलबाट पक्राउ गरी थप अनुसन्धान भई रहेको जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad