ad ad

कारोबार


सुन अहिलेसम्मकै महँगो, बिक्री घट्यो

सुन अहिलेसम्मकै महँगो, बिक्री घट्यो

नेपालखबर
साउन १९, २०७६ आइतबार ९:३३,

पहेँलो धातु सुनको मूल्य नेपाली बजारमा निरन्तर बढेपछि कारोबार घटेको छ। महिलाहरुको विशेष चाड तीज नजिक आइरहे पनि सुनको कारोबार बढ्न नसकेको हो।

सुनचाँदी व्यवसायीकाअनुसार औसद व्यापारको तुलनामा एक महिनायता २५ प्रतिशत मात्र व्यापार भइरहेको छ।

आज आइतबारका लागि सुनको मूल्य नेपाली बजारमा प्रतितोला ६६ हजार ३ सय रुपैयाँ छ।

नेपाली बजार असार साउनको समय सुन खरिद गर्ने सिजनमा पर्दैन। यो वर्ष साउन सकिनासाथ तीज रहेकोले व्यापार बढ्ने व्यवसायीको अपेक्षा थियो। मूल्यवृद्धिका कारण बजार तात्न सकेको छैन।

सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष एवं सुनचाँदी व्यवसायी तेजरत्न शाक्य कारोबार निकै घटेको बताउँछन्।

‘नेपाली बजारमा करिब एक महिना अघि सुनको मुल्य ६३ हजार माथि उक्लियो। त्यसपछि सुन व्यवसाय सुनसुन जस्तै बन्न पुगेको छ’, उनी भन्छन्।

सुनको मूल्य आगामी दिनमा अझ बढ्ने संकेत देखिएको उनको भनाइ छ। ‘मूल्यवृद्धिले यो व्यवसयालाई अझ धक्का पुग्ने देखिँदैछ’, शाक्य भन्छन्।

तीज, दशैँ, तिहारजस्ता चाडबाड नेपालीहरुले गरगहना खरिद गर्ने समय हुन्। यो बेला अघिपछिभन्दा धेरै सुनको कारोबार हुनेगर्छ।

दुई कारणले बढ्छ सुनको मूल्य
नेपाली बजारमा सुनको मुल्य निर्धारण हुने दुई वटा पक्ष छन्। पहिलो करण अन्तर्राष्ट्रिय बजारको उथलपुथल। अहिले अमेरिका चीन व्यापार विवाद बढ्दा त्यसको असर सुनको अन्तर्राष्ट्रिय बजारमा परेको छ। शाक्यकाअनुसार अहिले देखिएको असर त्यही अमेरिका–चीन व्यापार विवादको कारण अन्तर्राष्ट्रिय बजारमा सुनप्रति देखिएको आकर्षण हो।

दोस्रो कारण अन्तर्राष्ट्रिय मुद्रा अमेरिकी डलरसँग सम्बन्धित रहन्छ। पछिल्लो समय भारतीय मुद्रा अमेरिकी डलरसँग कमजोर भएको छ। नेपाली रुपैयाँसँग निश्चित बिनिमयदर भएका कारण भारुसँग डलरको मूल्यांकन तलमाथि हुँदा त्यसको सिधा असर नेपालमा परिरहेको हो।

कस्तो छ सुनको मूल्यवृद्धि प्रवृत्ति?
साउन १२ गते प्रतितोला ६५ हजार रुपैयाँ पुगेको सुन त्यसयता लगातार बढिरहेको छ। पहेँलो धातु प्रतितोला १३ र १४ गते ६५ हजार २ सय रुपैयाँमा बारोबार भएको थियो।

१५ गते पुनः दुई यस रुपैयाँले मूल्यवृद्धि भयो। १६ गते ६५ हजारमा झर्यो तर १७ गते एकै पटक ८ यस रुपैयाँले मूल्य वृद्धि भएर ६५ हजार ८ सय रुपैयाँ पुग्यो। आज आइतबार अर्थात १९ गते बजार खुल्दा प्रतितोला ५ सय रुपैयाँ मूल्यवृद्धि भएको छ। पहेँलो धातु अहिलेसम्मकै सबैभन्दा बढी ६६ हजार ३ सय रुपैयाँ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .