समाज


काठमाडौंमा कोठाभित्र इन्जिनियर पति-पत्नी नै मृत भेटिए, घटना रहस्यमय

काठमाडौंमा कोठाभित्र इन्जिनियर पति-पत्नी नै मृत भेटिए, घटना रहस्यमय

नेपालखबर
पुस २५, २०७७ शनिबार ५:२,

काठमाडौंको टोखास्थित ग्रिन भिल्ला कोलोनीमा दम्पती मृत फेला परेका छन्।

शुक्रबार राति पौने ९ बजे सुदीक्षा गिरी र उमेश केसी मृत फेला परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टले बताए। डीएसपी विष्टका अनुसार उनीहरु पति-पत्नी हुन् भने दुवै इन्जिनियर थिए। 

उमेश ग्रिन भिलास्थित आफ्नै कोठाभित्र पल्टिएकाे र उनकी पत्नी सुदीक्षा झुन्डिएकाे अवस्थामा मृत फेला परेका हुन्। 

प्रहरीका अनुसार घटनास्थलमा सिलौटो फेला परेको छ भने त्यसमा रगत लतपतिएको छ। त्यही सिलौटोले हानेर पति उमेशको हत्या गरी सुदीक्षा आफू झुन्डिएकाे हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

तर शव पाेस्टमार्टम गरिसकेपछि मात्रै केही कुरा खुल्ने प्रवक्ता विष्टले नेपालखबरसँग बताए। पाेस्टमार्टमका लागि दुवै शव त्रिवि शिक्षण अस्पताल लगिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad