समाज


ट्रान्सपरेन्सी इन्टरनेसनलको उपाध्यक्षमा बुद्धिनारायण श्रेष्ठ

ट्रान्सपरेन्सी इन्टरनेसनलको उपाध्यक्षमा बुद्धिनारायण श्रेष्ठ

नेपालखबर
पुस २४, २०७७ शुक्रबार ११:५६,

ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालको उपाध्यक्षमा बुद्धिनारायण श्रेष्ठ चयन भएका छन्।

नवनिर्वाचित अध्यक्ष पद्मीनी प्रधानाङ्गको अध्यक्षतामा शुक्रबार बसेको कार्यसमितिको २६७ औं बैठकले संस्थाका उपाध्यक्षमा श्रेष्ठलाई चयन गरेको हो। यसै गरी महासचिवमा मुकुन्द बहादुर प्रधान र कोषाध्यक्षमा किरण थापालाई पुनः चयन गरेको छ। संस्थाको २०७७ पुस २० गते सम्पन्न साधारणसभाबाट चुनिएका अध्यक्ष प्रधानाङ्ग लगायत ९ कार्यसमिति सदस्यहरु मध्येबाट पदाधिकारी चयन गरिएको हो।

संस्थाको नवनिर्वाचीत कार्यसमितिमा पद्मीनी प्रधानाङ्ग (अध्यक्ष), बुद्धि नारायण श्रेष्ठ (उपाध्यक्ष), मुकुन्द बहादुर प्रधान (महासचिव), किरण थापा (कोषाध्यक्ष), डा. सागरराज शर्मा (सदस्य), सुरेन्द्रवीर मालाकार र राष्ट्रिय व्यवसायिक पहल (सदस्य), कृष्ण ज्ञवाली (सदस्य), आर्या श्रेष्ठ (सदस्य) र मदनकृष्ण शर्मा (सदस्य) रहेका छन्। कार्यसमितिद्वारा महासचिव मुकुन्द बहादुर प्रधानलाई प्रवक्ता र सदस्य कृष्ण ज्ञवालीलाई सह–प्रवक्ता पनि तोकिएको छ।

नयाँ कार्यसमितिले निवर्तमान अध्यक्ष र कार्यसमितिलाई धन्यवाद दिदै नयाँ परिवेशलाई मध्यनजर गर्दै आगामी दिनमा संस्थाको रणनीतिक दिशामा नयाँपन ल्याउने बारे पनि छलफल गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad