ad ad

समाज


बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप–कुलपतिविरुद्ध १ करोड २८ लाख भ्रष्टाचार मुद्दा

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप–कुलपतिविरुद्ध १ करोड २८ लाख भ्रष्टाचार मुद्दा

नेपालखबर
साउन १९, २०७६ आइतबार ८:४०,

 बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. राजकुमार रौनियारविरुद्ध १ करोड २८ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपकुलपति रौनियारविरुद्ध आइतबार विशेष अदालतमा १ करोड २८ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

प्रतिष्ठान धरानको होष्टेल तथा फार्मेसी भवन निर्माणको ठेक्का लिने श्याम सुन्दर निर्माण सेवा प्रालिको सब कन्ट्रयाक्टर गिना कन्स्ट्रक्सन कम्पनी प्रालिका प्रबन्ध निर्देशक सुशील कुमार झासँग भवन निर्माणको मोबिलाइजेसन रकमको भुक्तानी दिँदा र बिभिन्न मितिमा रनिङ बिलको भुक्तानी दिँदा उपकुलपति रौनियारले पटक पटक कमिसन बापत घुस लिएको अडियो भिडियो उजुरी अख्तियारमा परेको थियो। सो उजुरीमाथि भएको अनुसन्धनाबाट रौनियारले होस्टल र फार्मेसी भवन निर्माण गर्दा ठेकदारसँग पटक पटक गरी १ करोड २८ लाख रुपैयाँ घुस लिएको पुष्टि भएपछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

 उपकुलपति रौनियारले फार्मेसी भवन निर्माणको चौथो रनिङ बिल भुक्तानीका लागि उजुरी निवेदक सुशील कुमार झालाई बोलाई भुक्तानी दिनुपर्ने रकमबाट ८ लाख रुपैयाँ घुस मागेको उजुरीपछि आयोगबाट खटिएको टालीले उपकुलपति रौनियारलाई निवेदकबाट घुस रकम लिई सोही प्रतिष्ठानमा हाउस अफिसरको रुपमा कार्यरत आफ्नै भतिज डा. रामहरी रौनियार राख्न पठाएको अवस्थामा दुवै जनाई पक्राउ गरेको हो

 अख्तियारले उपकुलपति रौनियारले लिएको घुस रकम १ करोड २८ लाख बिगो दावीसहित भ्रष्टाचार मुद्दा दायर गरिएको जनाएको छ। रौनियारले भ्रष्टाचार निवारण ऐन, २०५९ कोदफा ३ को उपदफा (१) को कसुर गरेको सप्रमाण पुष्टि भएको भन्दै अख्तियारले बिगोसहित जरिवाना र कैदका साथमा नेपाल सरकारको विशिष्ट श्रेणीको पदाधिकारी भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुन समेत मागदावी गरेको छ।

 त्यस्तै भतिज रामहरि रौनियारविरुद्ध ८ लाख रुपैयाँ बिगो दावीसहित भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .