समाज


पूर्वराजाको पुस्तक बिक्रीको रकम हिमानी ट्रस्टलाई

पूर्वराजाको पुस्तक बिक्रीको रकम हिमानी ट्रस्टलाई

नेपालखबर
साउन १९, २०७६ आइतबार ८:३२,

पूर्वयुवराज्ञी हिमानी शाहले बाढी पहिरोसहित प्राकृतिक विपत्तिमा परेकाहरुलाई सहयोग गर्न हिमानी ट्रस्टमा दैवी प्रकोप उद्धार कोष स्थापना गरेको जनाएकी छिन्।

आइतबार पत्रकार सम्मेलनमा उनले यसअघि गरेको कल्याणकारी कामहरूको स्मरण गरिन्। ट्रस्टले यसअघि औरहीका अग्निपीडित, खराका बाढीपीडित तथा कैलाली र सुर्खेतका पीडितहरुलाई सहयोग गरेको गरेको थियो।

Himani Purnika1पूर्णिका र हिमानी। तस्विर: प्रविन कोइराला

पूर्व राजपरिवार सदस्य हिमानीले आफ्ना सामाजिक काम हिमानी ट्रस्टमार्फत् सञ्चालन गर्दै आएकी छिन्। यसअघि २०७२ को भूकम्पका पीडितहरुलाई पनि ट्रस्टले राहत वितरण गरेको थियो।

himani shahपूर्वयुवराज्ञी हिमानी शाह। तस्विर: प्रविन कोइराला

पत्रकार सम्मेलनमा उनले पूर्व राजा ज्ञानेन्द्र शाहका सन्देशहरुको संग्रह पुस्तक समेत सार्वजनिक गरिन्। सो पुस्तक बिक्रीबाट प्राप्त हुने रकम उद्धार कोषमा जम्मा हुने जानकारी पत्रकार सम्मेलनमा दिइयो। दैवी प्रकोप उद्धार कोषमा ट्रस्टलाई सहयोग गर्न उनले सबैमा आग्रह गरिन्।

Himani Purnikaपूर्वयुवराज्ञी हिमानी तथा उनकी छोरी पूर्णिका शाह। तस्विर: प्रविन कोइराला

पूर्वराजा ज्ञानेन्द्र शाहले २०५८ देखि २०७६ सम्म दिएका सन्देशहरु, मिडियामा दिएका अन्तर्वार्ता उक्त संग्रहमा समावेश छन्। शाह आफैंले लेखेको ‘आफ्नो अन्तर्मनको मेरो स्पन्दन’ शीर्षकमा एउटा लेख पनि पुस्तकमा समावेश छ।

उक्त पुस्तक पहिलो संस्करण २ हजार प्रति छापिएको छ। त्योमध्ये ५०० प्रति ट्रस्टले पाएको हो। पुस्तकको मूल्य ५ हजार ५५५ रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .