समाज


मदिरा पिएर विमान उडाउन खोज्ने दुई पाइलट पक्राउ

मदिरा पिएर विमान उडाउन खोज्ने दुई पाइलट पक्राउ

नेपालखबर
साउन १९, २०७६ आइतबार ६:३६,

मदिराजन्य पदार्थ सेवन गरी विमान उडान खोज्ने दुई पाइलटलाई वेलायती प्रहरीले पक्राउ गरेको छ।

ग्लासगो विमानस्थलबाट युनाइटेड एयरलाइन्सको विमान उडाउने जिम्मा पाएका दुई पाइलट ब्रेथ टेस्टमा असफल भएपछि उनीहरुलाई प्रहरीले विमानस्थलबाटै नियन्त्रणमा लिएको हो।

शनिबार बिहान स्कटल्यान्डदेखि अमेरिकोको निवार्क, न्युजर्सीका लागि विमान उडाउने कार्यतालिका थियो। तर उनीहरुले मदिराजन्य पदार्थ सेवन गरेको पाइएको हो।

ती पाइलटले कि मदिरा पिएको अथवा लाकुपदार्थ सेवन गरेको हुनसक्ने प्रहरीको आशंका रहेको छ।

उनीहरु पक्राउ परेपछि शनिबार विहान ९ बजे हुने भनिएको उडान अवरुद्ध भएको थियो।

‘पुलिस स्टकल्यान्डले यो पुष्टि गरेको छ कि ६१ वर्षीय तथा ४५ वर्षका दुई पाइलट ब्रेथ टेस्टमा असफल भएका छन्। उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार उनीहरुलाई अदालतमा हाजिर गराइनेछ।’ वेलायत प्रहरीले भनेको छ।

उनीहरुमाथि रेलवे तथा यातायात सुरक्षा ऐन २००३ अन्तर्गत कारवाही अगाडि बढाइने बताइएको छ।

उनीहरु घटनामा दोषी पाइने उनीहरुलाई जरिवानासहित दुई वर्षको जेल सजाय हुनेछ। इन्डिपेनडेन्ट

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .