बेलायतको जिल्ला अदालतका न्ययाधीष भनेसा बारेटसरले असान्जमाथि जासुसी र सरकारी कम्प्युटर ह्याकिङको आरोप सामना गर्न अमेरिकामा सुपुर्दगी नसकिने निर्णय गरेका छन्।
असान्जको मानसिक अवस्थालाई मध्यनजर गर्दै साथै उनले आत्महत्या गर्ने खतरा भएकाले अमेरिकाको सुपुर्दगीको अपिललाई खारेज गरिएको जनाइएको छ।
४९ वर्षका असान्जले अफगानिस्तान र इराक युद्धको दस्तावेजहरु ह्याक गरेको अमेरिकी आरोप छ। सन् २०१० देखि २०११ सम्म विकिलिक्सले ती महत्वपूर्ण दस्तावेज चोरी गरेर प्रकाशित गरेको बताइएको छ।
असान्जले पहिल्यैबाट सुपुर्दगी गरिने विषयको विरोध गर्दै आएका छन्। उनले आफूमाथि लागेका आरोपहरु राजनीतिबाट प्रेरित भएको बताएका छन्।
अमेरिकी अपिललाई अदालतले अस्वीकार गरेपछि अमेरिकी अधिकारीहरुले असान्जविरुद्ध अनुसन्धान गर्न अर्को कदम चाल्ने बताएका छन्। एजेन्सी

प्रतिक्रिया