पछिल्लो २४ घण्टामा नेपालमा ४०३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार चार हजार ४०१ जनाको पीसीआर परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका हुन्। जसमा महिलाको संख्या १५९ छ भने पुरुषहरु २४४ जना रहेका छन्।
आज ५९४ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।
काठमाडाैं उपत्यकामा १८५ जना संतक्रमित देखिएका छन्।
गएको २४ घण्टामा कोरोना भाइरसका कारण ७ जनाको ज्यान गएको छ। यो सँगै हालसम्म ज्यान जानेको संख्या १८ सय ८५ रहेको छ।
यस्तै, आज पाँच हजार २८९ जना सक्रिय संक्रमित रहेका छन्। आजसम्म १९ लाख ५२ हजार ९०३ जनाको पीसीआर परीक्षण गरिएकोमा दुई लाख ६२ हजार २६२ जना संक्रमित भएका छन्।
निको हुनेको संख्या दुई लाख ५५ हजार ८८ रहेको छ। निको हुने यो दर ९७.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया