प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले लुम्बिनी र गण्डकी प्रदेशमा पार्टीका इन्चार्ज तोकेको छ।
पार्टीका स्थायी समिति सदस्य युवराज ज्ञवालीका अनुसार यसअघि गण्डकी र लुम्बिनीका इन्चार्ज रहेका पृथ्वीसुब्बा गुरुङ र शंकर पोखरेललाई हटाएर नयाँ इन्चार्ज तोकिएको हो।
उनका अनुसार आइतबार र सोमबार बसेको स्थायी समिति बैठकले लुम्बिनी प्रदेशको इन्चार्जमा युवराज ज्ञवाली र गण्डकीको इन्चार्जमा देवेन्द्र पौडेललाई तोकेको छ।
बैठकले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध देशव्यापी आन्दोलनलाई सशक्त बनाउने निर्णय पनि गरेको छ।
‘नेकपाको स्थायी समिति बैठकले प्रतिगमन विरुद्धको आन्दोलन र संगठनको कामलाई सँगसँगै अगाडि बढाउने निर्णय गरेको छ, सोहीअनुसार लुम्बिनी र गण्डकी प्रदेशका इन्चार्जलाई हटाएर उनीहरुको ठाउँमा नयाँ इन्चार्ज तोकेको छ,’ उनले भने।

प्रतिक्रिया