समाज


विमानस्थलमा बरामद ५० राउण्ड गोली प्रहरीकै भएको आशंका

विमानस्थलमा बरामद ५० राउण्ड गोली प्रहरीकै भएको आशंका

नेपालखबर
पुस २०, २०७७ सोमबार ९:२२,

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिएको ५० राउण्ड गोली प्रहरीकै हुनसक्ने देखिएको छ। विमानस्थल सुरक्षा स्रोतका अनुसार गोलि प्रहरीकै ज्याकेटमा रहेको र पक्राउ परेका व्यक्तिका बुबा पूर्वप्रहरी रहेको खुलेको हो।

पूर्वप्रहरी नायव निरीक्षक (सई) रामचन्द्र राईको प्रहरी पोशाकमा उक्त गोली फेला परेको थियो।

उनका छोरा झापा मेचीनगरका २० वर्षीय बद्रिहाङ राई र श्रीमती मुनादेवी राईले घर जाँदा रामचन्द्रको ज्याकेट लगाएका थिए।

तर उनीहरुले ज्याकेटको गोजीमा गोलि भएको थाहा नपाएको बताएका छन्। रामचन्द्रले ज्याकेट ल्याइदिन भनेकाले उनीहरुले लगेजमा ज्याकेट लगेका थिए।

विमानस्थलमा सुरुमै ब्याग स्किनिङ गर्ने क्रममा शंकास्पद वस्तु देखिएपछि प्रहरीले चेकजाँच गरेको थियो। त्यसक्रममा गोली रहेको पुष्टि भएको हो। उनीहरु १२ः३५ बजे श्री एयरलाइन्सको उडानबाट झापाको भद्रपुर जान लागेका थिए।

रामचन्द्र केही वर्ष पहिलेमात्रै नेपाल प्रहरीबाट अवकास भएका हुन्। उनको ज्याकेटको गोजिमा कसरी गोली रह्यो भन्नेबारे प्रहरीले अनुसन्धान थालेको छ।

उक्त गोली एसएमजी (सर्ट मेसिन गन) र पेस्तोलमा प्रयोग हुन्छ। नेपाल प्रहरीले समेत सोही गोली प्रयोग गर्ने गरेको छ।

नेपाल प्रहरीले प्रयोग गर्ने गरेको गोली र पूर्वप्रहरीकै ज्याकेटमा भेटिएको हुँदा राईले आफू सेवामै रहँदा ती गोलीहरु कुनै ढंगबाट राख्न सफल भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
पक्राउ परेका बद्रिहाङलाई अहिले गौशाला वृत्तमा राखेर अनुसन्धान गरिरहेको विमानस्थल सुरक्षा प्रमुख एसएसपी राजेशनाथ वास्तोलाले बताए।

यो पनि:
५० राउन्ड गोलीसहित भद्रपुर जान लागेका एक जना त्रिभुवन विमानस्थलबाट पक्राउ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .