काठमाडौंबाट झापाको भद्रपुर जानलागेका एक जनालाई त्रिभुवन विमानस्थलबाट हातहतियारसहित पक्राउ गरिएको छ।
त्रिभुवन विमानस्थल सुरक्षामा खटिएको प्रहरीले वृजहाङ राईलाई ५० राउन्ड नाइन एमएमकाे गोलीसहित विमानस्थलबाटै पक्राउ गरेको हो।
२० वर्षीय राई मध्याह्न १२ः३५ को उडानमा भद्रपुर जानलागेका थिए।
विमानस्थलमा चेकजाँचका क्रममा स्क्रिनमा शंकास्पद वस्तु रहेको देखिएपछि थप अनुन्धान र खानतलासी गर्दा ५० राउन्ड गोली बरामद भएको थियो।
अहिले राईलाई महानगरीय प्रहरी वृत्त गौशालामा पठाएको विमानस्थल सुरक्षा प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाले जानकारी दिए।
प्रतिक्रिया