समाज


पुनर्निर्माण पछि रेडियो नेपाललाई पोखरी हस्तान्तरण

पुनर्निर्माण पछि रेडियो नेपाललाई पोखरी हस्तान्तरण

नेपालखबर
साउन १८, २०७६ शनिबार १६:२३,

सिंहदरबार परिसरमा अवस्थित एक ऐतिहासिक र पुरातात्त्विक महत्वको पोखरी पुनर्निर्माण गरी शनिबार रेडियो नेपाललाई हस्तान्तरण गरिएको छ।

पोखरी पुनर्निर्माणको जिम्मा लिएको कल्याणकारी स्वयम् सेवक संघ नेपाल (Welfare Volunteers Association Nepal- WVAN)ले रेडियो नेपालका निमित्त कार्यकारी प्रमुख अशोक बास्कोटालाई पोखरी हस्तान्तरण गरेको हो।

कल्याणकारी स्वयम् सेवक संघ नेपालका सल्लाहकार संविधानविद डा. भिमार्जुन आचार्यले रोडियो नेपाल परिसरमा आयोजित एक कार्यक्रमबीच बास्कोटालाई पोखरी हस्तान्तरण गरेका हुन्।

८ महिना लगाएर पोखरीको मर्मत, सम्भार, सरसफाईसहित पुरै रेट्रोफिटिङ गरिएको संस्थाका कार्यबहाक अध्यक्ष एवं फेरिल्याण्ड इन्टरनेशनल स्कुल, बुढानिलकण्ठका प्रिन्सिपल बिष्णुचन्द्र अधिकारीले जानकारी दिए।

pokhari4

कार्यक्रममा बरिष्ठ अधिवक्ता आचार्यले ऐतिहासिक एवं पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षण गर्न सबैको सरोकार आवश्यक रहेको बताए।

रेडियो नेपालका निमित्त कार्यकारी निर्देशक बास्कोटाले २७ वर्ष अगाडि रेडियो नेपाल प्रवेश गर्दा देखि नै जिर्ण देखेको पोखरीलाई कल्याणकारी स्वयम् सेवक संघले पुनर्निर्माण गरी पुनर्जीवन दिएको भन्दै खुशी व्यक्त गरे।

pokhari7फोटोः राम गौतम/डाइरेक्टर, फेरिल्याण्ड इन्टरनेशनल स्कुल।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .