ad ad

समाज


पाकिस्तानको बलुचिस्तानमा सिया मुस्लिम समुदायका ११ मजदुरको गोली हानी हत्या

पाकिस्तानको बलुचिस्तानमा सिया मुस्लिम समुदायका ११ मजदुरको गोली हानी हत्या

नेपालखबर
पुस १९, २०७७ आइतबार १०:१४,

कोइलाखानीमा कार्यरत मजदुरहरुको हत्या गरिएको हो भनेभने अरु तीन जना घाइते भएको बताइएको छ।

अपरिचित बन्दुधारीले ती कामदारलाई अपहरण गरेको जनाइएको छ। बोलान जिल्लामा शनिबार गोलीकाण्ड भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन्।

घटनामा परी घाइते भएका मजदुरहरुलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ। उनीहरुको अवस्थाका बारेमा जानकारी गराइएको छैन।

घटनाका बारेमा अनुसन्धान भइरहेको र अहिलेसम्म कसैले आफ्नो संलग्नताको जिम्मेबारी पनि नलिएको अधिकारहिरुले जनाएका छन्।

पाकिस्तान सरकारले यस घटनामा संलग्न बन्दुकधारीको पहिचान गरिने र उनीहरुलाई कारवाही गरिने बताएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .