ad ad

समाज


इजरायली सेनाले प्यालेस्टाइनी नागरिकमाथि गोली चलाउँदा एक प्यारालाइज भए

इजरायली सेनाले प्यालेस्टाइनी नागरिकमाथि गोली चलाउँदा एक प्यारालाइज भए

नेपालखबर
पुस १९, २०७७ आइतबार ७:३८,

घाँटीमा गोली लाग्दा एक प्यालेस्टाइनी नागरिकको शरीर प्यारालाइज भएको प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

शुक्रबारको यस घटनामा ती नागरिककको घाँटी मुनीको कुनै पनि अंगले काम नगरेको बताइएको छ।

यस घटनाको भिडियोसमेत सार्वजनिक भएको छ। इजरायली सेनाले प्यालेस्टाइनी नागरिकबाट पावर जेनेरेटर खोस्न खोजेपछि उक्त जेनेरेटर दुई पक्षबीच तानातान भएको थियो।

अन्ततः इजरायली सेनाले गोली चलाएका थिए। २४ वर्षका प्यालेस्टाइनी युवा हारोउन आबु अरामको शरीर प्यारालाइज भएको बताइएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .