कोभिड संक्रमण देखिएपछि भारतको नयाँदिल्लीस्थित म्याक्स अस्पतालमा एक महिनादेखि उपचाररत् निरञ्जन कोइरालाको आइतबार बिहान निधन भएको छ।
केशव कोइराला र नोना कोइरालाका पुत्र निरञ्जन नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाका दाजु हुन्।
कृष्णप्रसाद कोइरालाका पाँच छोरा (मातृका प्रसाद, विश्वेश्वर प्रसाद, केशव प्रसाद, तारिणी प्रसाद र गिरिजा प्रसाद) मध्ये निरञ्जन केशवका छोरा हुन्।
‘मेरा आदरणीय दाजु निरुदा को आज विहान नयाँदिल्लीमा भएको निधनले म, मेरो परिवार र भतिजाहरु मर्माहत भएका छौं। म आफु आजबाट अभिभावकविहीन भएको छु,’ डा. शेखर कोइरालाले सामाजिक सञ्जालमा भनेका छन्।
निरंकुश पंचायती शासनविरुद्ध प्रजातान्त्रिक आन्दोलन र राजनीतिमा सक्रिय निरञ्जन कोइराला नेपालका पुराना र प्रतिष्ठित पर्यटन व्यावसायी पनि हुन्।
तत्कालीन पर्यटनमन्त्री रामहरी जोशीको विज्ञ सल्लाहकार समेत रहेका निरञ्जन पछिल्लो समय भारतको दिल्लीमा रहेर व्यवसायमा संलग्न थिए।
Shares
प्रतिक्रिया