समाज


नाइजरमा चरमपन्थीद्वारा ५६ जनाको हत्या

नाइजरमा चरमपन्थीद्वारा ५६ जनाको हत्या

नेपालखबर
पुस १८, २०७७ शनिबार २३:२२,

नाइजरमा संदिग्ध इस्लामी चरमपन्थीले मालीको सीमा नजिक एक गाउँमा हमला गरी ५६ जनाको हत्या गरेको छ।

बीबीसीका अनुसार २० जना घाइते भएका छन्। 

स्थानीय अधिकारीले टिल्लाबारी क्षेत्रस्थित चोमाबान्गोउ नामको गाउँमा हमला भएको पुष्टि गरेका छन्। जुन इलाकामा सन् २०१७ देखि अपातकाल लागू छ।

हालैका महिनामा उक्त क्षेत्रमा छिमेकी मुलुक मालीबाट आउने संदिग्ध् जेहादीले धेरैपल्ट हमला गरिसकेका छन्।

समाचार एजेन्सी एएफपीले भने अधिकारीलाई उधृत गर्दै दुई गाउँमा हमला भएको र मारिएका व्यक्तिको संख्या ७० सम्म हुन सक्ने अनुमान गरेको छ। एएफपीका अनुसार जारोमदारेय नामको अर्काे गाउँमा पनि आक्रमण भएको हो।

तर घटनाबारे नाइजर सरकारले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

पश्चिमी अफ्रिकी मुलुक नाइजरमा अलकायदा र इस्लामिक स्टेटसम्बद्ध चरमपन्थीले यसअघि पनि धेरैपटक हमला गरिसकेका छन्। गत वर्ष सयौं मानिस मारिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad