समाज


मैतिदेवीमा खुकुरी प्रहार गरि लुटपाट गर्ने गिरोहका पाँच पक्राउ

मैतिदेवीमा खुकुरी प्रहार गरि लुटपाट गर्ने गिरोहका पाँच पक्राउ

नेपालखबर
पुस १७, २०७७ शुक्रबार १०:६,

काठमाडौंको मैतिदेवीमा खुकुरी प्रहार गरी नगद लुटपाट गर्ने गिरोह पक्राउ परेको छ।

यही पुस १५ गते दिउँसो मैतिदेविस्थित सन्दुस बचत तथा ऋण सहकारी संस्थामा मार्केटिङको काम गर्ने प्रेम गजमेरले मार्केटबाट कलेक्शन गरेको नगद एक लाख ६६ हजार नौ सय १५ र सहकारीका अन्य कागजात तथा चेकबुक सो समूहले खुकुरी प्रहार गरी लुटपाट गरेको थियो।

चाबहिल स्थित ए वान क्याफे नजिक पुग्दा सो समूहले गजमेरलाई खुकुरीले प्रहार गरि घाइते बनाएर लुटपाट गरी फरार भएको प्रहरीले जनाएको छ।

खोजतलासका क्रममा लुटपाट गरि लगेको नगद, सहकारीका कागजपत्र, झोला तथा पीडितलाई प्रहार गरेको खुकुरी थान २ तथा चोरी गरेका ४ वटा स्कुटर र १ थान मोटरसाइकलसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं असन बस्ने रोहन नेपाली शाही (२९ वर्ष), थानकोट बस्ने भय तुलाधर, (२२ वर्ष), जुम्लाको सिंजा घर भई बसुन्धरा बस्ने हरि शर्मा (२६), चक्रपथ बस्ने अमित तुलाधर (२७) र सोही स्थानका रोहित शाही (१८ वर्ष) रहेका छन्।

प्रारम्भिक अनुसन्धानको क्रममा निजहरुले उपत्यकाका बिभिन्न स्थानबाट मोटरसाइकल तथा स्कुटर समेत चोरी गरि चलिरहेको गाडिबाट बिभिन्न सरसामानहरु जस्तै चुरोट, कपडा, टीभी तथा अन्य ईलेक्ट्रोनिक्स सामान पटक– पटक चोरी गरेको खुलेको छ।

पक्राउ परेका व्यक्तिहरु उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad