राजनीति


नेकपा विवादः निर्वाचन आयोगले दुवै पक्षलाई पठायो पत्र

नेकपा विवादः निर्वाचन आयोगले दुवै पक्षलाई पठायो पत्र

नेपालखबर
पुस १७, २०७७ शुक्रबार ९:५७,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वैधानिकता र सूर्य चुनाव चिन्ह दाबी गरेका नेकपाका विभाजित दुवै पक्षलाई निर्वाचन आयोगले त्यसबारे पत्राचार गरेको छ।

आज शुक्रबार दुवै पक्षलाई पत्र लेखी त्यसबारे पत्राचार गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नेपालखबरसँग बताएका छन्।

‘पार्टीको वैधानिकताका सम्बन्धमा आज दुवै पक्षलाई पत्र पठाएका छौं,’ प्रमुख आयुक्त थपलियाले भने।

सत्तारुढ नेकपा विभाजनको क्रममा गएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पक्ष र प्रचण्ड–नेपाल नेतृत्वको नेकपा दुवैले आफूहरु आधिकारिक नेकपा भएको दाबी गरेका छन्।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का अध्यक्ष माधवकुमार नेपालले नेतृत्व गरेको पक्षले बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित निर्वाचन आयोगमा गई आफूहरु नै मूल पार्टी भएकाे हुँदा पार्टीको नाम र चुनाव चिन्ह सूर्य आफूहरुसँग हुनुपर्ने दाबी गरेको छ।

सो विषय टुंगो लगाउने क्रममा आयोगले आज शुक्रबार दुवै पक्षलाई पत्राचार गरेको थपलियाले बताए।

यो पनि:

प्रधानमन्त्रीको झुठो दाबी : प्रचण्ड–नेपालको निवेदन फिर्ता भयो, निर्वाचन आयोग भन्छ– भएको छैन

बहुमत–अल्पमतको टुंगो चुनावपछि मात्रै हुन्छ : ओली

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad