पूर्वी नवलपरासी जिल्लाको गैँडाकोट नगरपालिका–१० पितौजी चोक स्थित पूर्व पश्चिम लोकमार्गबाट सशस्त्र प्रहरीको एपीएफ टोलीले करीब तीन लाख ४६ हजार रुपैयाँ बराबरको मोबाइल सेट बरामद गरेको छ।
भैरहवाबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ९७१७ नम्बरको यात्रुवाहक बसमा जाँच गर्दा उक्त बसमा वेवारिसे अवस्थामा रहेको उल्लेखित मूल्य बराबरको २१ वटा मोबाइल सेट सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३१ गुल्म पूर्वी नवलपरासीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो।
बरामद मोबाइल सेट महेशपुर भन्सार कार्यालयमा बुझाईएको छ।

प्रतिक्रिया