ad ad

समाज


रुस भन्छ : कोरोना भाइरसविरुद्ध खोपपछि हामीले औषधि पनि बनाइसक्यौं

रुस भन्छ : कोरोना भाइरसविरुद्ध खोपपछि हामीले औषधि पनि बनाइसक्यौं

नेपालखबर
पुस १५, २०७७ बुधबार २३:३४,

संसारमा कोरोना भाइरसविरुद्ध सबैभन्दा पहिले आफूले सफल खोप बनाएको दाबी गर्ने रुसले यसविरुद्ध औषधि पनि आफूले बनाइसकेको दाबी गरेको छ।

त्यहाँको संघीय मेडिकल तथा बायोलोजिकल एजेन्सी एफएमबिएले काेरानाविरुद्ध औषधि विकास गरिएकाे घोषणा गरेको हाे।

औषधि ९९ प्रतिशत प्रभावकारी रहेको एफएमबिएकी प्रमुख भोरोनिका सेकभोर्तसोभाले दाबी गरेकी छन्।

उनका अनुसार औधिको प्रिक्लिनिकल अध्ययन पूरा भइसकेको छ र यस क्रममा औषधि ‘अति सुरक्षित र ‘अति प्रभावकारी’ देखिएको छ। तर यसको क्लिनिकल परीक्षण हुन बाँकी रहेकाे उनले बताएकी छन्।

‘क्लिनिकल परीक्षणले पनि यसकाे प्रभावकारिता पुष्टि गर्‍याे भने यो विश्वको पहिलो सुरक्षित र प्रभावकारी एन्टी-भाइरल औषधि हुनेछ जसको तुलना विश्वका अन्य कुनै औषधीसँग हुँदैन,’ सेकभोर्तसोभाले भनेकी छन्, ‘यो पहिलो इटियोट्रपिक औषधि हो जसले सीधा भाइरसलाई प्रभावित गर्नेछ। खासमा यो कोरोना भाइरसविरुद्ध एन्टी-डोट हो।’

यसअघि रुसले कोरोनारिुद्ध ‘स्पुतनिक-भी’ खोप बनाइसकेको छ। जुन खोपलाई रुसले अन्तिम परीक्षण बाँकी छँदै कोरानोविरुद्ध संसारको पहिलो सफल खोप दाबी गरेको थियो। तर विश्वका कतिपय वैज्ञानिकले भने रुसले खोप घोषणा गर्न हतार गरेको भन्दै शंका व्यक्त गरेका थिए।

अहिले याे खाेप प्रयाेगमा आइसकेकाे छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .