ग्लोबल


नर्वेमा पहिरो जाँदा २० जना बेपत्ता, पाँच सय विस्थापित

नर्वेमा पहिरो जाँदा २० जना बेपत्ता, पाँच सय विस्थापित

नेपालखबर
पुस १६, २०७७ बिहिबार ०:३,

नर्वेमा पहिरो जाँदा २० जना भन्दा बढी बेपत्ता भएका छन्। घटनामा परी अरु १० जना घाइते भएका छन् भने ५ सय भन्दा बढी विस्थापित भएका अधिकारीहरुले जनाएका छन्।

ओस्लो नजिकैको एउटा गाउँमा पहिरो गएको स्थानीय प्रहरी र सञ्चारमाध्यमहरूले जनाएका छन्। ‘घटनास्थलका सयौँ घर पहिरोमा पुरिएको पनि अधिकारीहरूले जनाएका छन्। धेरै घरहरू पहिरोले नष्ट गरेको छ, केही पुरिएका छन् भने केही बगाएको छ।’

घटनाका बारेमा जानकारी प्राप्त हुनासाथ उद्धारकर्ताहरूको टोली घटनास्थलमा पुगेर खोजी तथा उद्धारमा खटिएका छन्।

झण्डै दुई लाख १० हजार बर्गमिटर क्षेत्रफलको भूमिमा पहिरो गएको हो। पहिरोले झण्डै पाँच सय विस्तापित भएका छन्।

पहिरोबाट पीडितहरूले प्रहरीलाई फोन गरेर पहिरोले घर बगाएको जानकारी दिएका थिए। पहिरो आउनु, घर बगाउनु नाटक वा सपना जस्तै भएको पीडितहरूको भनाइ छ।

नर्वेका प्रधानमन्त्री इर्ना सेल्बेर्गले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। उनले पीडितहरूलाई राहत तथा सहयोगको व्यवस्था हुने बताएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .