पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट विश्वभर १३ हजारभन्दा धेरैको मृत्यु भएको छ।
वल्र्डओमिटरका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर १३ हजार तीन सय ७ जनाको मृत्यु भएको छ। यसबीचमा विश्वभर पाँच लाख ९४ हजार चार सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा ३ हजार २ सय ६१ जनाले ज्यान गुमाएका छन् भने १ लाख ७८ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ।
अमेरिकापछि ब्राजिलमा धेरैको मृत्यु भएको छ। त्यहाँ एक दिनमै १ हजार ७५ जनाले ज्यान गुमाएका छन्।
त्यसैगरी जर्मनीमा ९३५, इटालीमा ६५९, रुसमा ५६२, फ्रान्समा ४६८, बेलायतमा ४१४, दक्षिण अफ्रिकामा ४९७, मेक्सिकोमा ४२९ जनाले कोरोना संक्रमणको कारण पछिल्लो २४ घण्टामा ज्यान गुमाएका छन्।
बुधबार बिहान पौने सात बजेसम्मको तथ्यांक अनुसार विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १७ लाख ९५ हजार नाघेको छ। ८ करोड २२ लाख ८८ हजारमा संक्रमण पुष्टि भएको छ। अहिले विश्वका धेरैजसो कोरोना संक्रमण प्रभावित मुलुकमा कोरोनाको दोस्रो र तेस्रो लहर चलिरहेको छ।

प्रतिक्रिया